९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ १६ सम्म ४२ हजार जनाको कोरोनाबाट ज्यान जान सक्ने



अ+ अ-

काठमाडौं । कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई) ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो ।

उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो ।

कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यु भएको छ । मंगलबार सर्वाधिक २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो । आजको नागरिक दैनिकमा छ ।