६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ १६ सम्म ४२ हजार जनाको कोरोनाबाट ज्यान जान सक्ने



अ+ अ-

काठमाडौं । कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई) ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो ।

उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो ।

कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यु भएको छ । मंगलबार सर्वाधिक २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो । आजको नागरिक दैनिकमा छ ।