९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो । मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

लक्षित जनसंख्यामध्ये ९ दशमलव ६ प्रतिशतले खोप लगाएको आँकलन छ । ३ लाख ६८ हजारले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । अझै खोप लक्षित जनसंख्यामध्ये अनुमानित १ करोड ९० लाख नागरिक वञ्चित देखिन्छन् ।

सरकारले कोभिड खोप लक्षित समूहको प्राथमिकीकरण गरेको थियो । जसअन्तर्गत स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय ४ र १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जना खोप लगाउने लक्ष्य लिएको थियो । तर, अधिकांश अभियानबाट वञ्चित छन् ।

२३ फागुन २०७७ बाट ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान सुरु भएको हो । विज्ञका अनुसार कम्तीमा ८ देखि १२ साताभित्र खोप दोस्रो डोज दिइसक्नुपर्ने हुन्छ । यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि १५ जेठ सुरु गर्नुपर्ने हुन्छ । तर, पर्याप्त मौज्दात नहुँदा खोप अभियान ‘कहिलेदेखि सुरु गर्ने ?’ भन्ने अन्योल छ । कोभिसिल्ड नगन्य मात्रामा छ । राजधानी दैनिकमा छ ।