९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहको भीडले गाउँभर कोरोना



अ+ अ-

महोत्तरी । विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए। 

घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई  सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए। 

‘कोराना  संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनुभएको छ।’  उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ  । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।