काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई हप्ता निषेधाज्ञा थपिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पछिल्लो निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिएकोले पुनः निषेधाज्ञा थप गरिएको हो ।
देशभरी नै कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाृ हुनाले थप केहि सयम निषेधाज्ञा लम्ब्याउने निर्णय उपत्यकाको तीन जिल्लाले जारी गरेको हो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो।








