१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले एमसीसीका नाममा खसि देखाएर फर्सी भिडाउन खोज्दैछ: चित्रबहादुर केसी



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसि देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाउनु भएको छ । 

बुधवार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनु भएको हो । अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताउनु भयो ।

उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाउनु भयो । अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताउनु भयो ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनु भएको छ । उहाँले गठबन्धन नेपाली काँग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न, अनि सत्तामा रजाइँ गर्न भ्रष्टाचारीहरुसँग मित लगाएको होइन । यो प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हो । अहिले धेरैले मलाई सोध्ने प्रश्न के हो भने, एमसीसीका कारण गठबन्धन जान्छ कि के हो ? गठबन्धन ढल्छ कि के हो ? पिरलो त गठबन्धनको पो छ त ल, गठबन्धनमा त्यहाँ भएका कतिपयले त नेपाली काँग्रेस बाहेक अरुले कम से कम संशोधन हुनुपर्छ, एमसीसी जस्ताको त्यस्तै स्वीकार हुँदैन भनेका छन्, त्यो पनि एउटा राम्रै पक्ष हो । राष्ट्रिय जनमोर्चा त्यो पार्टी हो, जसले कुनैपनि हालतमा एमसीसी पास गर्नुहुँदैन भनेको छ । यो खारेज हुनुपर्छ, यो स्वीकार्य छैन भनेको छ । यही दक्षिण एशियाको गरिब देश श्रीलंकाले किन क्यान्सिल गरेको ? त्यहाँ चाहिएको थिएन अमेरिकाको डलर ? मेडावास्कर, तान्जिनिया, कोषोबोले किन स्वीकार गरेन ? यहाँ एमसीसीका पक्षधरहर मंगोलियाले पास गरेको छ भन्छन् । नेपाली जनता के भेडा हुन् ? बेकुफ हुन् ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपथ्र्यो । होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो अमेरिकाको । यहाँ एमसीसीको माध्यमबाट नेपाललाई आफ्नो रणनीतिक योजनाभित्र राख्न चाहन्छ । एमसीसी भित्र केही विवाद भए नेपालको कानून, संविधान लाग्नु हुँदैन । 

एमसीसीमा जे छ त्यसमा नेपाली जनताले नाकको चालले मान्नुपर्छ । अहिले भएको अमेरिकाको कानून र भोलि बन्ने कानूनसम्म तपाईले एमसीसी स्वीकार गर्नुभयो भने नेपालीले मान्नुपर्छ । नोपालीले अहिले भएको र भोलि बन्ने अमेरिकाको कानून मान्नुपर्ने हुन्छ ? १३ करोड रुपैयाँ हामीले सामेल गरेका छौँ । एमसीसीको हिसाव उसले मात्रै गर्न चाहने हामीले गर्न नपाउने भन्ने हुन्छ ? यो त राजाले पनि बुझ्ने कुरा हो । यस भन्दा पहिलेको एमालेको सरकार, खास गरेर ओलीजीले जोडजुलुम गर्नुभएको थियो भित्रभित्रै पास गराउनलाई । हाम्रो जस्तो कमजोर देशमा राजनीतिक पार्टीहरुलाई खरिद गर्छन् विदेशीहरुले । मलाई त थाहा भयो नि । तीनपटक सदनमा गएर हेरेँ नि मैले । ९ महिना सरकारमा बसेर पनि हेरेँ । विदेशीहरुले यहाँका राजनीतिक पार्टीहरुलाई सबैलाई होइन, खासखास मान्छेलाई किनिरहेको छ, पालिरहेको छ । प्रशासनमा बस्ने कतिपय प्रशासन प्रमुख, देश बेचुवाहरुलाई पनि किनिरहेको हुन्छ । कतिपय बुद्धिजीविहरुलाई पनि किनेको हुन्छ ।’

अध्यक्ष केसीले दुई वर्ष यता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताउनु भयो । उहाँले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएकोसमेत बताउनु भयो । उहाँले नेपाल अहिले विदेशीहरुको लुटको अखडा भएको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष केसील भन्नुभयो, ‘दुई वर्ष तीन वर्षदेखि मधेशमा एउटा रेल ल्याएर उभ्याएका छन् । त्यसलाई कात्रो हालेर ढाकेर राखेका छन् । आजभोलि के भन्छन्, फागुन १ गते कात्रो फालेर नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले चलाउने रे । तर अरु प्यासेन्जर बस्न नहुने । हामीलाइृ कति बेकुफ बनाएका छन्, डेढ वर्षसम्म त्यो कात्रो ओढाएर त्यति महंगो राष्ट्रको पैसा हालेर रेललाई ल्याएर कात्रो ओढाएर राख्ने ? हाम्रो अपमान होइन त्यो ? नेपाली जनताको बेइज्जत होइन त्यो ? त्यसैले नेपाल आज विदेशीहरुको लुटको अखडा भइरहेको छ ।’

अध्यक्ष केसीले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाउनु भयो । उहाँले नेपाल जस्तो कृषिप्रदान देशमा अहिले वार्षिक ५० अर्ब भन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरु मात्र पलायन भएको बताउनु भयो । उहाँले नेपाली शासकहरुले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताउनु भयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘नेपालमा राजनीति गर्ने भनेको के हो भने देश लुट्ने हो । लुट्ने र आउने चुनावमा हामीलाई खरिद्ने । जे गरे पनि हामीलाई मान्य हुने । यी नेताको मात्रै दोष छ यो देश खरानी हुनुमा ? यति राम्रो कृषिप्रदान देशमा ५० अर्ब भन्दा बढी खाद्यान्न आएको छ सालमा एकचोटि । अहिले विदेशबाट सबै आइरहेको छ । यताबाट निर्यात गर्ने मान्छे मात्रै । देश समृद्धि गर्ने भनेर पानी खाँदै उफ्रिँदै गर्छन् फटाहाहरु, नेपालमा पाखुरा बलिया भएका युवाहरु सबै विदेश । अमेरिकाले आएर यहाँ समृद्धि गराउँछ ? अमेरिकाले चीनलाई समृद्धि गरयो ? भियतनाम, अफगानिस्तानलाई बनायो ?एमसीसी बोक्दा हाम्रो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्ने हाम्रा शासकहरु ।’

अध्यक्ष केसीले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देशक र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरुको हातमा सुम्पिएको बताउनु भयो । उहाँले नेपालमा चुनाव माफिया र दलालीहरुको मात्रै भएको आरोपसमेत लगाउनु भयो । अमेरिकाले सहयोग गर्ने बहानामा नेपाली जनताबाट पैसा लुट्ने षड्यन्त्र बनाएको भन्दै अध्यक्ष केसीले भन्नुभयो, ‘कस्ता कस्ता मान्छे सरकारमा सामेल छन् हेर्नु त प्रदेशतिर । सात मन्त्रालयको ठाउँमा १२ भएको छ । मन्त्री मण्डलमा चोर होस् की, डाका होस् की मूर्ति चोर होस् कि, अपराधी होस् केही फरक परेन । चुाव त तस्करहरुको हो । चुनाव त मेडिकल भ्रष्टाचारीहरुको हो । चुनाव सहकारीका माफियाहरुको हो । एमसीसी भित्र अमेरिकाको नीति पालना गर्नुपर्छ हामीले । उसको नीति भनेको उदारीकरण, बजारीकरण, शिक्षा, नीति बजारलाई दिने, बोर्डिङ खोल्न लगाउने र जनतासँग लुट्ने । त्यहाँ अंग्रेजी सिक्छ नेपाली सिक्दैन ।’

अध्यक्ष केसीले देश अहिले गम्भीर शंकटोन्मुख रहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनु पर्ने बताउनु भयो । उहाँले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताउनु भयो । उहाँले संसदमा रहेका सांसदहरुलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनु पर्ने बेला आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘मुलुक गम्भीर शंकटरमा पर्दै आएको छ । मुलुक अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको छ । यही रुपले मुलुक अघि बढ्ने हो भने यहाँ हामीले रोक्ने होइन, जनता संगठित, शतर्क हुने होइन भन्ने र नेपाल खोज्न जानुपर्ला इतिहासमा । अत्यन्त शंकटमा पु¥याएका छन् देशलाई । त्यसैले संसदमा भएकास सांसद साथीहरुलाई म के भन्न चाहन्छु । एमसीसीलाई समर्थन नगर्नुस्, तपाईको राजनीति सकिन्छ । जनताले भोलि हिसावकिताव गर्नेछन् । तपाईहरुले एमसीसी इन्कार गर्नुहोस् । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई ख्याल गर्नुहोस् ।’

अध्यक्ष कसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाउनु भयो ।