१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सत्ताको छाला तानातान गर्ने खेलमा तिमीहरुले जनताको मृत्यु पिइरहेका छौ !

सत्ताको छाला तानातान गर्ने खेलमा तिमीहरुले जनताको मृत्यु पिइरहेका छौ !
अ अ+ अ-

यस्तो वेला नकारात्मक्ता, बिरह र उदासीले थिच्यो भने उसै बिरामी परिन्छ । अझ सामाजिक सञ्जालमा देखिएका बिरक्त, बिह्वल र श्रद्धाञ्जली नाममा मृत्युका लहरेपोष्टहरुले मन कमजोर बनाउँछ । एक कोरोनापीडितका रुपमा यो मेरो भोगाई हो ।

कृपया, अत्तालिएर बर्बाद् भइरहेछ भनी तनाब नलिनुहोला । निश्चित छ यो महामारी पार लागेर जान्छ । 'टाइम विल पास एनिवे' । यस्तो वेला त आत्मवल बढाउने हो । सबै ठीकै हुन्छ भन्ने सोच्ने, आफन्त साथीभाइसँग निरन्तर सम्पर्क, कुराकानी गर्ने, सकारात्मक्ता बढाउने । सोसल मिडियाबाट सकेसम्म बाहिर बस्ने । माया र सद्भावका चिया गफहरु गर्ने । वाल्यकालका सम्झनाहरु र हरेक संकट टरिगएका बिगतहरु बोल्ने हो ।

सरकारलाई दबाव दिनु एउटा विषय हो, दिनुपर्छ तर संसारको सवैभन्दा शक्तिशाली र समृद्ध भनिएको देश अमेरिकाको सरकारले पनि यो महामारीलाई व्यवस्थित सामना गर्न सकेन । मानिसहरु 'कोरोना लागेर अस्पताल जाँदा भर्नासमेत नलिई घरमै क्वारिन्टिनमा बस्नुहोला भनि पठाएको उदाहरणको साक्षी हूँ म !

यसको मत्लब, नेपालको सरकारले राम्रो गरिरहेको छ भनेको होइन, महामारी यस्तो प्रलय हो त्यसको सामना गर्ने तयारी र पूर्वाधार अमेरिकासँग पनि थिएन र नेपालसँग पनि छैन । यति प्रलयकारी महामारीको परिकल्पना गरेर सामान्यता पूर्वाधार बनाइएको छैन रहेछ संसारभर ।

तर, मेरो ठूलो खेद् छ नेपालको राजनीतिकर्मीहरु प्रति । यो सत्ताको छाला तानातान गर्ने खेलमा तिमीहरुले जनताको मृत्यु पिइरहेका छौ ! इतिहासमा यी दिनहरु नेपाली राजनीतिका निच र काला दिनहरुको बिम्बका रुपमा लेखिनेछन् ! यो रोम र निरोको कथाभन्दा कयौं गुणा घिनलाग्दो यथार्थका रुपमा दर्ज हुनेछ ! हामी लेख्नेछौं यो कथा !