२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलको एलओडी क्लबको कारोबार खाता नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लबको कारोबार खाता नियन्त्रणमा लिइएको छ ।

कर छलीको अनुसन्धानमा तानिएसँँगै गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको थियो । गत शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको बताइएको छ ।

क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको विभागले बताएको छ ।

विभागले ठूलो करछलीको सूचनापछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएको छ । अहिले विभागले थप अनुसन्धान गरिरहेको छ ।

सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको हो ।

विभागले एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि पत्राचार गरेको छ ।




भर्खरै