२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेपाल टेलिफोन वार्ता, आजै समुहगत छलफल हुँदै



अ+ अ-

काठमाडौं । चार नेता माथी गरिएका अनुशासनको कारबाही फिर्ता भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । बिहान अर्थमन्त्री तथा पार्टी उपमहासचिब बिष्णु पौडेलसंग छलफल गर्नुभएका नेता नेपालले प्रधानमन्त्री ओलीसंग केही समय पछि छलफल गर्न लाग्नु भएको हो ।

आफू निकट सांसदहरुको राजीनामाको बिषयलाई लिएरु चेपमा पर्नुभएका नेता नेपाललाई यूवा नेता तथा कानूनव्यबसाहीहरुले समेत राजीनामा नगर्न सुझाब दिएपछि नयाँ राणनीति सहित अध्यक्ष ओली संग छलफल गर्न लाग्नु भएको हो ।

गत बेशाख १६ गते माधब नेपाल र भीम रावल तथा २० गते धनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनासम्म निलम्बन गरिएको थियो । यस अघि आज बसेको स्थायी समितिको बैठकले पार्टी र सरकार सम्बन्धी सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको थियो ।