काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघलेअगुवाईमा निर्माण भएको आइशोलेसन सेन्टर बिहिबार बाट संचालनमा आएको छ । महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग तथा सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा आइशोलेसन सेन्टर निर्माण गरेको हो ।
ड्राई अक्सिजन र आपतकालिन उपचार विनाको आइशोलेसन सेन्टर संचालनमा तयार भएको महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले जानकारी दिनुभयो । आइशोलेसन सेन्टरमा ४० बेड रहने छन् । यसै गरी सेन्टरमा खेल सामग्रीहरु पनि राखिएका छन् । अचार्यले भन्नुभयो " आज देखि ड्राई आइसोलेसन (अक्सिजन नभएको) सेन्टर ४०बेड जैन निकेतनमा शुरु गर्यौं, अन्य स्थानमा थप गर्दै जानेछौं ।"

उहाले सबै मिलेरै कोरोना सक्रमण बिरुद्ध लड्नु पर्ने भन्दै आबश्यक सामाग्री र औषधि उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । उहाका अनुसार यहाँ निम्न आय भएका दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने संक्रमितहरूलाई पौष्टिक आहारका साथै, सेवन गर्ने औषधि मार्फत स्वास्थ्य उपचार गरि आइसोलेसनमा निःशुल्क रुपमा राखिने छ ।








