काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले काग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि सहयोग गर्न नसक्ने जानकारी गराउनु भएको छ ।
देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटमा अध्यक्ष ठाकुरले सरकार निर्माणमा जसपाको भर नपर्न सुझाब दिनु भएको हो ।
पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै ठाकुरले भर नपर्न सुझाउनु भएको हो ।
ठाकुरको निर्णयपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ ।











