काठमाडौं । नयाँ सरकार गठनको रस्साकस्सी जारी रहेको बेला जनता जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरु भक्तपुर एक रिसोर्टमा जम्मा भएका छन् । काग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्न नसक्ने बचन दिएर निस्कनु भएका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफू निकटका सांसदहरुलाई लिएर भक्तपुर पुग्नु भएको हो ।
शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन लाग्नु भएका अर्का नेता उपेन्द्र यादव पक्ष भने ठाकुर र महतो पछिल्लो निर्णयले अप्ठारोमा परेको छ । यता शेरबहादुर देउवालाई साथ दिन पार्टी विभाजन गर्ने संकेत पाएको भन्दै ४० प्रतिशत पुग्न नदिनका लागि सांंसदहरु लाई एकै राखिएको ठाकुर पक्षका एक नेताले जानकारी दिनुभयो ।
भक्तपुरमा रहेका ती सांसदले भने १९ जना माननिय यता हुनुहुन्छ पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भई रहेको छ । जसपामा हाल ३२ सासंद रहेका छन् ।











