काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्म हो ।
बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुने भएको छ ।
उक्त फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सकिनेछ । www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम् सेवा सम्बन्धी थप जानकारी लिन सकिनेछ ।
सुबिसुकाबारेमा :
सुबिसु केबलनेट प्रा.लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs) व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP),डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवातथाबिजनेस सोलुसन नेपालमाप्रदानगर्दै आएको छ ।
Clear Tv को बारेमा :
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादनहो । यो नेपालको पहिलो digital cable television सेवा हो जसले MPEG 4 Standard Defination र High Defination Channel भकि केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि set up box को माध्यमबाट प्रसारण गर्दछ ।











