२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी स्वतन्त्रता दिवस: राजदूतावासमा झण्डोत्तोलन



अ+ अ-

काठमाडौँ । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा आज नेपालस्थित पाकिस्तानी राजदूतावासमा झण्डा फहराइएको छ ।

कार्यवाहक उमेर अलीले राष्ट्रिय झण्डा फहराउनुभएको थियो । कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारी र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा कावा राजदूत अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्ने संकल्प लिएको स्मरण गर्नुभयो । उहाँले हाम्रा पुर्खाहरूले परिकल्पना गरेको मातृभूमि पाकिस्तानलाई बनाउने प्रतिबद्धतालाई पुन: पुष्टि गर्ने आवश्यकतालाई जोड दिनुभयो ।