८ असार २०८३, सोमबार
,
Latest
इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमानस्थलमा माधबको गर्जन: म बोल्दिन चुनौतीको सामना गर्छु, बोलेपछि तह लगाएर बस्छु



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताउनु भएको छ ।

स्वीट्जरल्याण्डबाट दुई देशको भ्रमण रद्द गरेर  फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा विदेश गएको तर माधव नेपाल भाग्यो भनेर हल्ला फैलाए पछि आफू स्वदेश फर्किएको बताउनु भयो । उहाँले भन्नुभयो जस्तोसुकै चुनौतीको सामना गर्ने नेचर बोकेको मान्छे हु सबै कुरा फेस गर्छु ।

यो पनि पढ्नुहोस- ललिता निवास जग्गा प्रकरण: माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुल्यो

बिमानस्थलमा संञ्चारकर्मीहरुसंग भन्नुभयो – ‘कागताली कस्तो पर्‍यो भने म जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो । त्यसमा कता कता म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए । त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा खाने बेलामा त नभाग्ने मान्छे बद्मासी र कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । तपाईहरु सबैलाई थाहा होला । सबै चुनौतिको सामना गर्ने मान्छे म, कुनै गल्ती, अपराध, भ्रष्टाचार नगरेको मान्छे म, कुनै सन्दर्भ छैन भन्न सकिन्छ, किनभने कानूनको प्रसेसअन्तर्गत सबै प्रक्रिया अघि बढ्छन् । प्रसेस अघि बढेको पनि छैन । मेरो पहिलादेखिकै निश्चित निर्धारित कार्यक्रममा जाने अवस्था बन्यो र म गएँ । स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) मा कार्यक्रम थियो । म यहाँबाट जाने बित्तिकै केहीले त माधव नेपाल भागे भनेर लेखे, लुकेर बसे, अब फर्किंदैनन् भने । तर मेरो बानी पनि चुनौति दिइसकेपछि तह लगाएरै छोड्ने भइसकेपछि म फर्किएँ । कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन, तर चित्त दुखेको छ, केही गरौँ भन्यो के हुन्छ, केही गरेर देखाएको पनि हो । त्यसमा गर्व छ । बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्नसक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा शुरु भयो भन्दा सम्भवत: मेरो नाम अग्रपंतिमा आउनेछ । केही बद्मासी भएको छ भने छानबिन होस् । मेरो सहयोगी भुमिका रहनेछ । तर मैले नितान्त असल मनशायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत लाग्ने छुट्याएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता रहेको छैन । त्यो मनशायले कागजपत्र नभएपनि श्रेष्था कायम गरेर राम्रो गरेको हुँ । त्यो काम गर्दा सरकारी र अन्य प्रकारको जग्गा कानूनसम्मत ढंगले छुट्याएर गरिएको हो । बाटोमा पनि मुआब्जा कसैलाई नदिकन गरिएको हो । ७ रोपनी जग्गा फिर्ता लिएको हो । यसमा संलग्नहरुको पनि छानबिन होस् । मेरो संलग्नता यस्तोमा कुनै छैन ।’

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न साउन २१ गते आदेश दिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश थियो ।

तत्कालीन समायमा सरकारको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्को बैठकबाट उक्त जग्गासम्बन्धी विषयमा निर्णय गराउनुभएको थियो ।

https://www.facebook.com/watch?v=6449330268519509