काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। बिहिबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपालले राजीनामा दुई चार दिनलाई टरेको बताएका हुन् ।
क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ४ घन्टा वार्ता गरेपछि उनले तत्कालाई राजीनामाको स्थिति टरेको बताएका हुन्।
नेता नेपालले वार्ता र संवाद जारी रहेको भन्दै मिल्ने दिशामा अगाडि बढेकाले राजीनामा दिने कुरा तत्काललाई टरेको बताएपनि प्रधानमन्त्री ओलीले भने कुनै पनि प्रतिक्रिया दिएनन्।











