९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

के भयो चपली हाइटमा ?



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति बनेको हो । सहमतिपछि बिहीबार नै सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका नेपाल समूह नेता तत्कालका लागि पछि हटेका छन् । ४ घण्टा लामो छलफलमा पार्टी विवाद ‘कसरी समाधान गर्ने ’ भन्ने विषयमा गम्भीर रूपमा लिँदै ओली–नेपाल कार्यदल बनाउने निष्कर्षमा पुगेका हुन् ।

एमाले वरिष्ठ नेता नेपालले सञ्चारकर्मीसग ‘कार्यदल बनाएर पार्टीभित्रको समस्या समाधान गरिने सहमति भएको’ प्रस्ट पारे । सांसद पदबाट राजीनामा दिने प्रसंग दुई÷चार दिनलाई टरेको पनि उनले उल्लेख गरे ।

‘मैले प्रधानमन्त्रीसमक्ष राखेको ६ बुँदे सर्तसहितको पत्र विषयमा छलफल भयो, फागुन २८ गतेको निर्णय फिर्ता र जेठ २ को अवस्थामा फर्काउन विधि बनाएर जाने सहमतिनजिक पुगेका छौं,’ नेपालले भने, ‘यसका लागि कार्यदल बनाउने र विभिन्न तहमा छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’

उनका अनुसार २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्किनुपर्ने र २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने प्रस्तावमा पार्टी अध्यक्ष ओली ‘सकारात्मक’ देखिएका छन् । छलफलअघि ओली सन्देशसहित बिहीबार बिहानै अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । पौडेल– नेपाल छलफलपछि एमाले स्थायी कमिटी बैठक बसेर यसअघि गरिएका कारबाही फुकुवा गर्ने निर्णय गरिएको थियो । यसपछि मात्रै ओली–नेपाल छलफलको वातावरण बनेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।