• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नु पर्छ: डा शेखर



file

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताउनुभएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा उहाँले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताउनुभयो ।

एक हजार ४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरुी छ ।”

प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उहाँले भन्नुभयो, “त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ? उहाँले के बोल्नुभयो र? सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौँ भनेको बिर्सिनुभयो ?”

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै नसोचेको प्रति नेता कोइरालाले प्रश्न गर्दै भन्नुभयो, “नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।”

प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौँ’ भनेको भन्दै उहाँले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने माग गर्नुभयो ।