२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवातास खेलिरहेका २० जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको २० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–१७ ढल्कुस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले वर्कशप साहु ५१ वर्षीय दिपेन पोडेसहित ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ ।

त्यस्तै, प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका–३ पानीघट्टाबाट ११ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।