काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् । साथै ओली र नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्:-
''नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क. केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव क. माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. केपी शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।''








