२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सिआइबीको नांगो दुरुपयोग गर्‍यो: एमाले नेता थापा



अ+ अ-

काठमाडौ. । नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारले सिआइबीको नांगो दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।

सरकार बिरुद्ध बोल्नेहरुको मुखथुन्न सिआइबीको दुरपयोग भएको उल्लेख गर्दे थापाले सरकारी ज्यादती अदालतको आदेशबाट समेत पुष्टि भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ-

गृहमन्त्री र अर्थमन्त्रीले १ क्वीन्टल सुन तस्करीको संरक्षण गरेको हुँदा अविलम्ब राजीनामा दिनुपर्ने माग संसदमा गुञ्जायमान पारेका सत्तापक्षका सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको कथित प्रपञ्च तयार गरी गिरफ्तार गरेको सिआइबीले गृहमन्त्रीको आदेश र आग्रहमा यो ज्यादती गरेको अदालतको आदेशबाट पुष्टि भएको छ।

नारायणकाजी श्रेष्ठलाई संसदको निर्णयमा उच्चस्तरीय समिति गठन गर्न गा(हो परेको आफ्नो इच्छा,संकेत र आदेशमा यस्तै हिसाबले चल्ने हवल्दारी निकायको आड, भरोसा र साथ चाहिएर नै तमामखाले नक्कली अभिनय र स्टन्टबाजी गरिरहेका छन् !

कान्तिपुरले पहिलो पृष्ठमा अनुसन्धान प्रतिवेदनका अंश छापिरहेको भनिएका कतिपय माओवादी नेताहरूलाई गिरफ्तार नगरेर इलेक्ट्रिक सिगरेड९भेप०मार्फत २०७९ माघ अन्तिम साता भएको साढे नौं केजी सुन तस्करीका दोषीमाथि अनुसन्धान गर्न सिआइबी कसको आदृश पर्खेर किन बेखबर बसिरहेको छ?

सिआइबीले मन्त्री र सरकारका आलोचकलाई हदम्याद गुज्रिएको विषयमा बिजुली गतिमा गिरफ्तारी र हतकडी लगाउने तर क्वीन्टल नभएर केजी सुन ल्याउन सक्रिय भुरा माछालाई किन उन्मुक्ति दिइरहेको छ?