• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

मन्दिर प्रवेश गर्नुअघि घण्टी किन बजाइन्छ ?



एजेन्सी । हामी सबैजसो मन्दिरमा पूजा गर्न जान्छौँ । तपाईले मन्दिरको ढोकामा घण्टी बाँधिएको देख्नुभएकै होला । सामान्यतया मानिसहरू मन्दिर भित्र जानु अघि घण्टी बजाउँछन् ।

यसपछि मात्र भगवानको पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्ममा मन्दिर बाहिर घण्टी बजाउने चलन शताब्दीयौं पुरानो हो तर के तपाईलाई थाहा छ मन्दिर प्रवेश गर्नुअघि घण्टी किन बजाइन्छ रु यसको पछाडि वैज्ञानिक र धेरै विशेष कारण छ ।

बिहान बेलुका मन्दिरमा पूजा–आरती हुँदा साना–ठूला घण्टी विशेष लय र धुनमा बजाइन्छ । घण्टी बजाउँदा मन्दिरमा स्थापित देवताको मूर्तिमा चेतना जागृत हुने जनविश्वास छ । यसपछि उनको आराधना र उपासना अधिक फलदायी र प्रभावकारी हुन्छ । आउनुहोस् जानौं मन्दिरमा घण्टी बजाउनुको वैज्ञानिक कारण के हो ?

पुराणमा भनिएको छ कि मन्दिरमा घण्टी बजाउँदा मानिसका धेरै जन्मका पाप नष्ट हुन्छन् । भनिन्छ सृष्टि सुरु हुँदा जुन आवाज गुंजिएको थियो, घण्टी बज्दा पनि त्यही आवाज आउँछ । घण्टीलाई सोही आवाजको प्रतीक मानिन्छ ।

मन्दिर बाहिरको घण्टीलाई घण्टे कालको प्रतीक मानिन्छ । यो पनि विश्वास छ कि जब पृथ्वीमा विनाश हुनेछ, त्यो बेला पनि घण्टी बज्ने जस्तै आवाज वायुमण्डलमा सुनिनेछ । मन्दिरमा घण्टी बजाउनुको पछाडि धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छन् ।

बैज्ञानिकहरुका अनुसार घण्टी बज्दा वातावरणमा कम्पन उत्पन्न हुन्छ र यो वायुमण्डलका कारण धेरै टाढासम्म पुग्छ । यस कम्पनको फाइदा यो हो कि यसको दायरा भित्र आउने सबै ब्याक्टेरिया, भाइरस र सूक्ष्म जीवहरू नष्ट हुन्छन् । यसले मन्दिर र वरपरको वातावरणलाई शुद्ध बनाउँछ ।

भनिन्छ जुन स्थानमा घण्टी बज्ने गर्छ, त्यहाँको वातावरण सधैं शुद्ध र पवित्र रहन्छ । घण्टी बजाउँदा नकारात्मक उर्जाहरु हट्ने मान्यता पनि छ । यसले जनताका लागि समृद्धिको ढोका खोल्छ ।