४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपनमा खहरे खोला खोल्न महानगरले डोजर चलायो



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति भएसँगै महानगरले खहरे खोला खोल्न डोजर चलाएको हो ।

काठमाडौं महानगर- ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न दुई वटा डोजर प्रयोग भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

महानगरले हिजो बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो । बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरले डोजर फर्काएको थियो ।

आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि खोला खोल्ने सहमति भएपछि डोजर चलाएको हो ।

तस्बिर: मेघनाथ पहाडी/रासस