• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सुनिल शर्माले कुनै हत्या गरेका छैनन्, बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्छ – ज्ञानेन्द्र कार्की



काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउमा उत्रिएका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।

उनले भने ‘सांसद शर्माले कुनै हत्या गर्नुभएको छैन । उहाँले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ ।’

यस्तै, सांसद कार्कीले सांसद शर्मालाई जस्तै एक–एक गरेर कांग्रेसको संख्या घटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित रहेको समेत बताए ।