२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरियो, गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ– काँग्रेस सांसद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताउनुभएको छ ।

शुक्रवार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन तस्करी प्रकरणमा मन्त्रीहरुको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले संसद चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डा. सुनिल शर्माको गिरफ्तारीको विषय उठेको छ । सबै सांसदहरुले उक्त विषय गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । सामान्य केसमा यसरी संसद च्लिरहेको बेलामा यसरी सांसदलाई पक्राउ गर्नु एक प्रकारको गैरकानूनी काम हो । गैरसंसदीय अभ्यास पनि हो । उहाँले यसभन्दा अघि केही मन्त्रीको राजीनामा माग्नुभयो, त्यही अभिव्यक्तिलाई लिएर पक्राउ गरिएको हो भन्ने यो प्रतिशोध प्रधानमन्त्री, गृहमन्त्री हुनुहुन्छ, उहाँले संसदमा यो जवाफ दिनुपर्ने थियो ।’

‘कसले गरेको हो, किन गरियो ? यो भन्दाअघि पनि अप्रेशन चलाइएको थियो, केही मानिसलाई धरौटीमा छोडियो, सबै छुटे पछि । संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो ? यसका लागि कानूनी अन्य बाटो हुनसक्थे, बयान हुनसक्थ्यो । अरु बाटो हुनसक्थे तर उहाँलाई प्रतिशोधको भावनाले पक्राउ गरियो । यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ ।’

सांसद घिमिरेले सांसदलाई संसद चलिरहेको बेलामा पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताउनु भयो ।




भर्खरै