काठमाडौ । कोरोनाको दोस्रो लहरले सिङ्गो देश आक्रान्त भएकोबेला नेपाली काँग्रेसको चौधौ महाधिवेशन तोकिएको मिति भदौ १० मा सम्पन्न हुन्छ कि हुँदैन भन्ने आसंका उत्पन्न भएको छ । तर महामारीको माझ पनि पार्टीको क्रियाशील सदस्यता छानविन समितिलले आफ्नो कामलाइ तिव्रता दिएको छ ।
काँग्रेस केन्द्रिय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकको संयोजकत्वमा गठित छानविन समितिले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न थालेको छ ।बिद्युतिय माध्यामको प्रयोग गरी छानविन समितिले बैशाख २८ गते पार्टीको विधान नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया अनुरुप विवादरहित ढंगले प्राप्त भएका करीव ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशिल सदस्यता विवरण सार्वजनिक गरेको छ ।
विहीवार सार्वजनिक विवरणमा केही निर्वाचन क्षेत्रको पुरानो नविकरण र नयाँ दुवै क्रियाशिलको नाम समेटिएको छ भने अधिकांस निर्वाचन क्षेत्रको भने पुरानो नविकरण मात्र छ । क्रियाशिल सदस्यताको उक्त विवरण नेपाली काँग्रेसको आधिकारीक वेभसाइट www.nepalicongress.org मा हेर्न सकिन्छ । निषेधाज्ञाका कारण आवागमन अवरुद्द भएको र जनजीवन असहज भएको प्रतिकुल अवस्थामा पनि छानविन समितिले क्रियाशिल सदस्यताको विवरण सार्वजनिक गरेकोमा काँग्रेस कार्यकर्ताहरुले प्रसंसा गरेका छन ।
कतिपयले छानविन समितिले यसरी नै क्रियाशील सदस्यता विवरण सार्जनिक गर्ने कामलाइ तिव्रता दियो र कोरोनाको सङ्क्रमण कम भयो भने तोकिएकै मितिमा महाधिवेसन हुनसक्ने सम्भावना रहेको बताउन थालेका छन् ।
क्रियाशिल सदस्यता छानविन समिलितले वेभसाइटमा कसरी रजिस्टर गर्ने, कसरी लगइन गर्ने भन्ने ट्युटोरियल पनि दिएको छ । इन्टरनेट र अनलाइनको सामान्यज्ञान भएको जोकोहीले पनि पार्टीको वेभसाइटमा गएर आफुलाइ चाहिएको वडाको क्रियासिल सदस्यता हेर्न सक्दछ ।
साथै छानविन समितिले सार्वजनिक क्रियाशिल सदस्य विरुद्द उजुरी हाल्न पनि सहज बनाएको छ । अघिल्लो महाधिवेसनमा पार्टी कार्यालयमा सुचना टास गर्ने गरिएकाले सरोकारवाला व्यक्तिहरुले उक्त सूचना समयमा नै प्राप्त गर्न सक्दैनथे भने कतिपयले सूचना पाएपनि पार्टी कार्यालयमा गएर उजुरी दिन सक्दैनथे ।
यसपटक भने घरमै बसेर क्रियाशिल सदस्यको विवरणमा चित्त नवुझे उजुरी गर्न सक्ने छन । उनीहरुले काँग्रेस पार्टीको आधिकारी इमेल info@nepalicongress.org मार्फत छानविन समिति समक्ष उजुरी गर्न सक्ने छन ।








