५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास



अ+ अ-

भोजपुर । भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज शिलान्यास गर्नुभएको हो ।

जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ । करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष छ महिनाभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

भवनमा निर्माणको जिम्मा आरवी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको प्राविधिकरणले जनाएको छ । यात्रुको चाप बढेको अवस्थामा सय यात्रुले सहज रुपमा टर्मिलन भवनको उपभोग गर्नसक्ने गरी डिजाइन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

करिब एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल विस ३०३५ अर्थात् आजभन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो । पाँच सय ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको टक्सार विमानस्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ । यो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौँ उडान भर्दै आएको छ । रासस