६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ममाथि प्रहरीले दुईपटक हातपात गरे– कांग्रेस सांसद शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीले हातपात गरेको बताएका छन् ।

म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा शर्माले आफूमाथि दुईपटक हातपात भएको बताएका हुन्।

’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? यो कुरा ममाथि भएको छ’, उनले भने । सांसद शर्मानिकट कार्यकर्ताले हातपातबारे बुझ्न खोज्दा उनलाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको छ ।

सिआइबी प्रमुख किरण बज्राचार्यले सांसद शर्मामाथि हातपात भएको बारे आफूलाई थाहा नभएको र त्यस्तो नहुने दावी गरिन् ।

सीआइबीले बिहिबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद शर्मालाई पक्राउ गरेको थियो । यस प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरिसकेको छ । सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको छ ।