५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ममाथि प्रहरीले दुईपटक हातपात गरे– कांग्रेस सांसद शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीले हातपात गरेको बताएका छन् ।

म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा शर्माले आफूमाथि दुईपटक हातपात भएको बताएका हुन्।

’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? यो कुरा ममाथि भएको छ’, उनले भने । सांसद शर्मानिकट कार्यकर्ताले हातपातबारे बुझ्न खोज्दा उनलाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको छ ।

सिआइबी प्रमुख किरण बज्राचार्यले सांसद शर्मामाथि हातपात भएको बारे आफूलाई थाहा नभएको र त्यस्तो नहुने दावी गरिन् ।

सीआइबीले बिहिबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद शर्मालाई पक्राउ गरेको थियो । यस प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरिसकेको छ । सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको छ ।