१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालबाट ठगी गर्ने महिला पक्राउ



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई युकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्ट पठाएको भनी प्रलोभनमा पारी ग्राहक शुल्क बापतको रकम पठाउनुपर्छ भन्दै रु ९२ हजार पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ गरिएकी श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रासस