५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.86

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुख  घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिए ।

त्यसको लगत्तै सत्तारुढ दलका सांसदहरुले विपक्षीको कुरा सुनेर मात्रै सदन अगाडि बढ्न नसक्ने भन्दै उठेर विरोध जनाएपछि सभामुखले सभा आफ्नो नियन्त्रणमा चल्ने बताए ।

एमाले सांसदहरुले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै नारावाजी गरेपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित भएको घोषणा गरे । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।