२२ मंसिर २०८२, सोमबार
,
Latest
न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

फक्सट्रट चार्ली अपरेशन: सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ



अ+ अ-

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।

यसै सिलसिलामा नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ।

सिआइबीले काठमाडौँबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुमेरू सिटी हस्पिटलकी डा पुनम थापा चौधरी पक्राउ परेकी हुन्। उनलाई काठमाडौँस्थित घरबाट पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ। सिआइबीले मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ।

नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह, डा अमित चौधरी, डा श्रद्धा शिल्पकार र डा मनित चौधरी पनि पक्राउ परेका छन्।