• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

पाँच दिनमा एक हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । सोमबारदेखि घट्दो क्रममा रहेको सुनको मूल्य आज शुक्रबार पनि घटेको छ ।

सोमबार प्रतितोला एक सय, मंगलबार तीन सय, बुधबार एक सय र बिहीबार सात सय रुपैयाँले घटेको सुन आज पनि प्रतितोला दुई सय रुपैयाँ घटेको हो । यो पाँच दिनमा सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।