५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै विहारको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका केहि तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै भूभागहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।