एजेन्सी । बलिउड अभिनेता रणधीर कपुर कोरोना संक्रमणमुक्त भएपछि मुम्बईको कोकिलाबेन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनमा २९ अप्रिलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ पाइएको थियो । उनलाई आफ्नो स्टाफबाट कोरोना संक्रमण लागेको थियो ।
उनी २ मेमा आइसीयुबाट बाहिर आएका थिए । उनका दाजु तथा चर्चित अभिनेता ऋषी कपुरको गत वर्ष निधन भएपछि कपुर परिवार शोकमा डुबेको थियो ।











