२० श्रावण २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडक रातिमा बन्द बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपनबाट महानगरको डोजर फर्कियो, त्रिपक्षीय प्राविधिक टोलीको नापजाँचपछि प्रक्रिया अघि बढाउने



अ+ अ-

काठमाडौं । कपन साततलेस्थित खहरे खोला अतिक्रमण गरेर बनेका घर भत्काउन भन्दै डोजर लिएर गएको टोली फर्किएको छ ।

कामपाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजर फर्काईएको हो ।

वार्तामा दुवै नगरपालिकाको प्राविधिक टोली र नापी विभागको टोलीसमेतले खोलाको क्षेत्र नापजाँच गर्ने सहमति भएको बताईएको छ ।

कामपाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताएका थिए । तर, पछि दुई मेयरबिच नापजाँच गरेर मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएपछि तत्काललाई संरचना भत्काउने काम रोकिएको पाण्डेले बताए ।

बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो ।