४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपनबाट महानगरको डोजर फर्कियो, त्रिपक्षीय प्राविधिक टोलीको नापजाँचपछि प्रक्रिया अघि बढाउने



अ+ अ-

काठमाडौं । कपन साततलेस्थित खहरे खोला अतिक्रमण गरेर बनेका घर भत्काउन भन्दै डोजर लिएर गएको टोली फर्किएको छ ।

कामपाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजर फर्काईएको हो ।

वार्तामा दुवै नगरपालिकाको प्राविधिक टोली र नापी विभागको टोलीसमेतले खोलाको क्षेत्र नापजाँच गर्ने सहमति भएको बताईएको छ ।

कामपाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताएका थिए । तर, पछि दुई मेयरबिच नापजाँच गरेर मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएपछि तत्काललाई संरचना भत्काउने काम रोकिएको पाण्डेले बताए ।

बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो ।