• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ: कुलमान घिसिङ



काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण हुने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सरकारको लक्ष्यअनुसार नेपाल आगामि दुई बर्षमा पूर्ण विद्युतीकरण हुने बताएका हुन् ।

उनले भने, ‘सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन्। यस्तै, प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ ।

प्राधिकरणले विगत २ वर्षमा उद्योगले मागेजति बिजुली उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिए । साथै, उनले देशको कूल जनसंख्याको ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेको जानकारी दिएका छन् । जसमा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पूर्णरुपमा विद्युतीकरण भएको उनले बताए ।

निर्देशक घिसिङको अनुसार कोसीमा ९५ प्रतिशत र लुम्बिनीमा ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ । यस्तै, कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको छ ।