२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु



अ+ अ-

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । 

देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरुले बताएका छन् । मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् । 

घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो । प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरु पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किदै थिए । 

प्रत्यक्षदर्शीहरुले नहरको बाटोमा तिब्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन् । पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन् । 




भर्खरै