• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

रोनाल्डोको निर्णायक गोलमा अल नासर फाइनलमा



एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्ट्रियानो रोनाल्डो आवद्ध क्लब अल नासर अरब क्लब च्याम्पियन्सको फाइनलमा पुगेको छ ।

गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनल खेलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १-०ले पराजित गर्दै अल नासर उपाधिनजिकै पुगेको हो ।

अल नासरको लागि रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर खेल आफ्नो पक्षमा ल्याएका थिए।

गएराति नै भएको अर्को खेलमा अल शबाबलाई हराउँदै अल हिलाल क्लब पनि फाइनलमा पुगेको छ । फाइनल खेल शनिबार राति हुनेछ ।