२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ्बाट वैशाखमा २१ को मृत्यु



अ+ अ-

काठमाडौ । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५० चौपायाको क्षति भएको छ ।  एक महिनामा चट्याङका कारण रु एक करोड ५४ लाख बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस्तै आगलागीबाट सात, जनावरको आक्रमणबाट तीन, हावाहुरीबाट एक गरी वैशाखमा ३२ जनाको ज्यान गएको छ । सबै घटनामा परी १३८ जना घाइते भएको बताइएको छ  । यसपालि वैशाखमा पानी कम परे पनि चट्याङले ठूलो क्षति गराएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । एक महिनामा ४९९  विपद्का घटना भएको छ । 

सबै घटनाबाट रु ३३ करोड ७८ लाखको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । अहिले प्रिमनसुनका समयमा हावाहुरी र चट्याङका घटना बढी हुने मौसमविद्ले जनाएका छन् ।  चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिराको हाराहारीमै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ ।




भर्खरै