• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

सानेपामा नेविसंघका दुई समूहबीच नाराबाजी, प्रहरी परिचालन



काठमाडौँ ।  सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच नाराबाजी भएको छ ।

बुधबार दिउँसो सानेपामा दुजाङ शेर्पा नेतृत्वको नेविसंघ संस्थापन पक्ष र नेविस‌ंघ असन्तुष्ट पक्षबीच नाराबाजी भएको हो ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले ७१० केन्द्रीय सदस्य मनोनीत गरेका थिए । देउवाले विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै असन्तुष्ट विद्यार्थीले समानान्तर कार्यसमिति घोषणाको तयारी गरेका हुन् ।

नेविसंघको विधानले १५१ सदस्यमात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिकरूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको उनीहरुले बताए ।

यससँगै सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी कार्यालयको प्रवेशद्वारमा टाँस गरिएको सूचनामा पार्टी केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला कार्य समितिका सभापति र सांसदबाहेकलाई प्रवेश निषेध गरिएको भनिएको छ ।