२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइट जीन्स पाइन्ट लगाउनुहुन्छ ? यस्तो रोग लाग्ला नि



अ+ अ-

काठमाडौं । अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् ।

जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन कत्तिको सजिलो हुन्छ र तिघ्रा अनि नितम्बलाई सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ । सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन । यो लगाउँदा तपाईंको शरीरलाई हानि पुग्छ ।

भुँडी ठूलो भएका अनि बोसो लुकाउनका लागि कम्मरमुनि जीन्स ९लो वेस्ट जीन्स० लगाउने मान्छेले स्वास्थ्यलाई हानि गराउँछन् । अब फेशनका लागि त यस्तो जीन्स राम्रै देखिएला तर यसको दीर्घकालीन असर नराम्रो हुन्छ ।

हामीले लगाउने कपडाले हाम्रो शरीरको आकार निर्धारण गर्छ । त्यसैले ब्रा लगाउँदा पनि उमेरअघि नै स्तन नझोल्लिने गरी लगाउनुपर्छ । अनि भुँडीको बोसो लुकाउनका लागि टाइट जीन्स लगाउँदा बोसो माथि सर्छ र जम्मा हुन थाल्छ । अनि त तपाईंको शरीरले अनौठो र असाधारण आकार लिन थाल्छ ।

महिला र पुरुष दुवैले टाइट जीन्स लगाउनु ठीक हुन्न । धेर टाइट जीन्स लगाउँदा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक हुन पुग्छन् । टाइट जीन्सले नसा र मांसपेशी पनि खराब बनाउँछ ।

चिकित्सकहरूले कम्पार्टमेन्ट सिन्ड्रोम भनी चिनाउने रोग पनि टाइट जीन्सका कारण लाग्छ । यसले गम्भीर आन्तरिक रक्तश्राव गराउँछ र मांसपेशी फुलाइदिन्छ । हिँडडुल गर्नै अप्ठ्यारो गराइदिन्छ ।

टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ । 

चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं तत्काल सचेत हुनुपर्छ । शरीर भनेको प्रकृतिको राम्रो उपहार हो र हामीले यो जस्तो छ त्यस्तै रूपमा स्वीकार्नु जरूरी छ । आफ्नो शरीरलाई माया गर्नुस् ।




भर्खरै