४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा कारागारमा झडप, दुईको मृत्यु



अ+ अ-

काठमाडौँ । संखुवासभा कारागारमा झडप हुँदा दुई कैदीबन्दी आकाश बलामी र विनोद तोलंगीको मृत्यु भएको छ ।

आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेका थिए।

बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । घिमिरेले भन्नुभयो, “उनीहरुलाई अस्पताल लैजाने क्रममा मृत्यु भयो।”