२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसो सुत्ने बानी छ, सताउन सक्छ यस्ता रोगले



अ+ अ-

काठमाडौं । शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।

त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ ।

यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ ।

तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ ।

वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ ।




भर्खरै