१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बहुराष्ट्रिय कम्पनीको चेपुवामा विश्व खाद्यान्न बजार, मूल्य बढ्ने खतरा

बहुराष्ट्रिय कम्पनीको चेपुवामा विश्व खाद्यान्न बजार, मूल्य बढ्ने खतरा
अ अ+ अ-

जेनिफर क्लाप र फिल होवार्ड

वाटरलू: कोभिड–१९ महामारी र युक्रेनी युद्धले हालका वर्षहरूमा सबै किसिमका खाद्य वस्तुहरूको मूल्य अकासिएको छ, जसले विश्वव्यापी खाद्य सुरक्षालाई गम्भीर रूपमा कमजोर पारेको छ । अहिले, खाद्यान्नको विश्वव्यापी मूल्य एक वर्ष अघिको उच्च मूल्यबाट केही तल त झरेको छ, तर विश्वभर नै खाद्यान्नको भण्डार र वितरणका जोखिम क्षितिजमा होइन सामुन्ने नै मडारिइरहेका छन् । खाद्यान्नको मूल्यले फेरि पनि आकाश चुम्ने जोखिम कायमै छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको “ब्ल्याक सी ग्रेन इनिसिएटिभ” लाई खारेज गरी युक्रेनका निर्यात पूर्वाधारमा रुसी आक्रमण लगत्तै अन्नको मूल्य फेरि बढ्न थालेको छ । खाद्य बजारमा आएका अवरोधले दीर्घकालीन जोखिम निम्त्याउँछ । गहुँको मूल्य कोभिड महामारी अघिको भन्दा दोब्बर महँगो भइसकेको छ । यसबाहेक, खाद्यान्नको मूल्यस्फीति धेरैवटा विकासोन्मुख देशहरूमा ५ प्रतिशत भन्दा माथि छ । रुवान्डा र इजिप्टमा त यो दर ३० प्रतिशतको हाराहारीमा छ । खाद्यान्नको अर्काे विश्वव्यापी मूल्यवृद्धि टड्कारो देखिइसकेको छ ।

वास्तविक समस्या यो हो कि विश्वका प्रमुख कृषि व्यवसायी फर्महरूको बढ्दो बजार शक्तिले खाद्यान्नको मूल्यमा चरम परिवर्तन हुने जोखिमलाई बढाइरहेको छ ।

रासायनिक मलखादको क्षेत्रलाई विचार गर्नुहोस् । सन् २०२०–२०२२ मा मलखादको मूल्यको तीन गुणा वृद्धि (जसले खाद्यान्नको मूल्य बढायो) हुनुमा नाइट्रोजनयुक्त मलखादको उच्च लागतले भएको थियो । प्राकृतिक ग्यासको बढ्दो मूल्यकै कारण नाइट्रोजनको मूल्य बढेको यथार्थ हामीबीच छ । तर ग्रेन–आइएटिपीको नयाँ तथ्याङ्कले के देखाएको छ भने प्रमुख फर्महरूले उत्पादन लागत कभर गर्नको लागि मलखादको आवश्यक भन्दा धेरै मूल्य बढाएका थिए । तिनीहरूको सञ्चालन मुनाफा ३६ प्रतिशत सम्मले बढ्यो, जबकी उनीहरुले कम खाद्यान्न बेचेका थिए । लाभको अनुपात युक्रेन युद्ध सुरु हुनु अघिको तुलनामा तीन गुणा बढी थियो, र एसएन्डपी ५०० ले अनुमान गरेभन्दा १३ प्रतिशत भन्दा बढी यी फर्महरूको नाफा गरेका थिए ।

यस्तो किसिमको लाभ प्राप्त गर्न सहज थिएन, तर अधिकांश व्यापारी र कम्पनीहरूले आपूर्तिमा कडाई गर्दैै कम खाद्यान्न बजारमा पठाएका थिए । सन् २०२२ को मध्यमा आर्चर–डेनियल्स–मिडल्याण्ड (एडिएम) नामको बहुराष्ट्रिय कम्पनीले सबैभन्दा उच्च त्रैमासिक नाफा रेकर्ड गरेको थियो । यसको प्रतिद्वन्द्वी कारगिलले पनि रेकर्ड नाफा कमाएको थियो, र यस कम्पनीको कूल आम्दानी २३ प्रतिशतले बढेको थियो ।

खाद्यान्न र मलखादका क्षेत्रमा बढ्दो कर्पोरेट एकाग्रताले यस्तो नाफा कमाउन सम्भव भएको हो । एडिएम र कारगिल चार वटा फर्ममध्ये दुई यस्ता फर्म हुन् जसले विश्व अन्न बजारको अनुमानित ७०–९० प्रतिशत हिस्सा नियन्त्रण गर्दछ । बन्ज र ड्रिफस समेत यी चार कम्पनीले संयुक्त राज्य अमेरिकामा नाइट्रोजन–फर्टिलाइजर उत्पादनको ७५ प्रतिशत र पोटास–फर्टिलाइजरको विश्वव्यापी बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् ।

दशकौंको मर्जर र एक्विजिसनहरू मार्फत, त्यस्ता फर्महरूले विश्व बजारको ठूलो हिस्सा आफ्नो नियन्त्रणमा ल्याएर आपूर्ति श्रृंखलामा आफ्नो प्रभाव विस्तार गर्न सक्षम भएका छन् । अहिले फेरि बन्ज र भिटेरा कम्पनीबीच ३४ अर्ब डलरको सौदावाजीमा मर्जर हुन लागेको छ । ग्लेनकोरको मातहत रहने यस कम्पनीले विशाल अमेरिकी कमोडिटी बजार नियन्त्रणमा राख्नेछ । सोयाबीन र क्यानोला प्रशोधन र वितरणमा यस कम्पनीले अब एकाधिकार कायम गर्नेछ ।
प्रमुख कृषि व्यवसायी फर्महरू तेल बजारमा ओपेकको भूमिका जस्तै ठूलो आपूर्ति–व्यवस्थापन र मूल्य–निर्धारण शक्तिसम्पन्न हुन्छन् । तिनीहरूलाई सन् १९७० को दशक वा सन् २००८–११ का जस्ता आर्थिक मन्दीका उथलपुथलले केही प्रभाव पार्दैन किनभने मलखाद र खाद्यान्नको एकलौटी व्यापारबाट उनीहरुले मनग्य आम्दानी गरिरहेकै हुन्छन् । सन् २०२१ मा अमेरिकी नियामकमाझ विश्वकै सर्वाधिक ठूलो मलखाद उत्पादक कम्पनी न्युट्रिएनले बुझाएको प्रतिवेदनमा कच्चा बस्तुको लागत वृद्धि र कम बिक्री भएका कारण मूल्यवृद्धि गर्नु परेको उल्लेख गरेको थियो ।

विश्वका गरिबहरूका लागि, जसले आफ्नो आम्दानीको ६० प्रतिशतसम्म खानामा खर्च गर्छन्, खाद्यान्नको मूल्यवृद्धिको प्रत्येक प्रतिशत बिन्दु निकै डरलाग्दो हुने गर्दछ । धेरै न्यून र मध्यम आय भएका देशहरूले ६० वर्षयता सबैभन्दा खराब ऋण संकटको सामना गर्नुको एउटा कारण खाद्यान्न र मलखादको लागि बढ्दो आयात लागत पनि हो ।

यस बीचमा, किसानहरूले खाद्यान्नको बढ्दो मूल्यबाट फाइदा लिन असमर्थ भइरहेका छन् । यसको खास कारण, ठूलो बजार शक्ति भएका ठूला फर्महरूले आपूर्ति गर्ने कृषि सामग्रीको लागत किसानले उत्पादन गर्ने वस्तुको मूल्यभन्दा पनि छिटो बढिरहेको छ । किसानको उत्पादनको मूल्य अहिले घट्दै गएको छ तर ब्याजदर वृद्धिका कारण बढेको ऋणको बोझले धेरै किसानहरू बाँच्न संघर्षरत छन् ।

युक्रेनमा रुसको हमलाले गहुँको मूल्य पुन: उकालो लाग्न थालिसकेको छ । यो स्पष्ट भएको छ कि खाद्यान्नको मूल्य बिना कुनै चेतावनी फेरि बढ्न सक्छ । थप झट्का आउनेमा कमै शंका छ । यदि केहि कम्पनीहरूले अझै पनि विश्वको खाद्य प्रणालीहरूमा यस्तो अत्याधिक शक्ति राख्छन् भने परिणामहरू जटिल हुने सम्भावना छ । त्यसैले सरकारहरुले अर्को संकट आउनु अघि नै प्रोत्साहन नीतिहरुमा परिवर्तन गर्नु आवश्यक देखिएको छ ।

कृषि व्यवसायीको अनुचित नाफामा कर लगाउन र जलवायु–उत्थानशील खाद्य प्रणालीहरूका कोषमा पुन: लगानी गर्न बाध्यकारी अवस्था सिर्जना गर्नु पर्दछ । कृषक समूहहरूले माग गरेअनुसार मलको मूल्यवृद्धिको सरकारी छानबिन पनि आवश्यक छ, साथै अत्यधिक मर्जर र एक्विजिसनलाई रोक्न प्रतिस्पर्धा नीतिहरूको बलियो कार्यान्वयनको आवश्यकता छ । सरकारहरूले एकाधिकार तोड्न गरिएका दशकौंदेखिका प्रयासलाई सार्थकतामा परिणत गर्न पनि जरुरी छ, र त्यो समय अहिल्यै हो । बन्ज–भिटेराको मर्जर हुँदै गर्दा खाद्य संकटबाट लाभ उठाउने कुरा सह्य हुँदैन भन्न सक्नु पर्दछ, र नियामक निकाय सचेत हुनु पर्दछ ।

जेनिफर क्लाप वाटरलू विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ भने फिल होवार्ड आइपेस–फूड प्यानेलका विज्ञ तथा मिसिगन स्टेट युनिभर्सिटीमा प्राध्यापक हुनुहुन्छ ।

स्रोत: प्रजेक्ट सिन्डीकेटबाट अनुदित