• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौँ । बुधबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।

सचिवालयको अनुसार आज सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेलगायतका कार्यसूची रहेका छन् ।

यता, प्रतिपक्ष दल नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा रहेकोले कार्यसूची अनुसार बैठक अघि बढ्ने निश्चित छैन । मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिएपनि सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सार्दै एमालेले नाराबाजी गरेको थियो ।