२० श्रावण २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडक रातिमा बन्द बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन वा अवरोध गर्ने थलो होइन– गृहमन्त्री



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद विघटन वा अवरोध गर्ने थलो नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘संसद विघटन वा अवरोधको लागि होइन । वादविवाद, संवाद र जनताको आजावलाई मुखरित गर्दै राष्ट्रलाई निकास दिने थलो हो ।,’ गृहमन्त्री श्रेष्ठले भने,’यसलाई गम्भिरतापूर्वक मनन गरी सांसदहरुले आफ्नो कुरा राख्ने र मैले सरकारको धारणा राख्दैछु ।’

उनले आगामी दिनमा संसद् निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरे। उनले राजनीतिक क्षेत्रको उपलब्धि राजनीतिक परिवर्तन मात्र नभएर जनतालाई आफ्नो जीवन परिवर्तनको अनुभूति दिलाउने हुनुपर्नेमा जोड दिए ।