११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

रोगभन्दा भोकको पिरलो

रोगभन्दा भोकको पिरलो
अ अ+ अ-

गलेश्वर । गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् । जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ कोरोना सङ्क्रमण फैलँदै गएको भए पनि काम नगरी नहुने बाध्यता भएकाले सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरुले बताएका छन् ।

अहिले गाउँमा मकै गोड्ने, धानको बिउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमा नै गर्नुपर्ने भएकोले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताउनुभयो ।

दुःख नगरी खान नसकिने भएकाले सुरक्षित रहँदै खेतीपातीमा जुटेको कृषकहरुको भनाइ छ । रोगभन्दा भोक टार्न समस्या हुने भएकोले जोखिम भए पनि सकेसम्मको सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइरहेको छ । 

“रोगभन्दा ठूलो भोक रहेछ, परिवार र छोराछोरीको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ, रोगसँग डराएर मात्र पनि त भएन नि १”, खबराका कृषक चन्द्रबहादुर कार्कीले भन्नुभयो, “गत वर्ष पनि खेती लगाउने बेलामै कोरोनाले दुःख दिएको थियो, यस वर्ष पनि यस्तै भयो, कोरोनासँग डराएर खेती नगर्ने हो भने त भोकभोकै मर्नुपर्ने दिन आउँछ ।”

शाह र कार्की मात्र होइन अहिले धेरै कृषकहरु खेतबारीमा व्यस्त छन । “के गर्नु मानो रोपेर मुरी फलाउने बेला हुँदैछ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ”, मङ्गला गाउँपालिका–३ का कृषक युमाकान्त सापकोटाले भन्नुभयो, “गाउँमा भनेजति खेतालो पनि पाइन्नन्, अर्मपर्म नगरी खेती लगाउनै सकिँदैन ।”

वर्षात्को खेती मौसम शुरु भएसँगै बजारबासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कोरोना महामारीको वास्तै नगरी धान, कोदोको बिउ राख्न र मकै गोड्न यहाँका कृषकहरु व्यस्त छन् । 

कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला खेतीपाती लगाउन फुर्सद छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा साँझ बिहानै व्यस्त बनेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको मौसम शुरु भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धौलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताउनुभयो । “कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम गर्नु र समय कटाउनु आराम छ, त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्तिहरु पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन्”, धौलागिरि–३ मुनाका वडाअध्यक्षसमेत रहनुभएका पुनले भन्नुभयो ।

खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाई तथा रोग र किराको प्रकोपमा हटेपछि गत वर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुरूामा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिकरूपमा उत्पादन गर्न सकेका छैनन्  । सात प्रतिशत जनता व्यावसायिकरूपमा नै कृषि पेसा अँगालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

गोठेमलको प्रयोग र यस वर्ष पर्याप्त वर्षाले सिँचाइ पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । सरकारले महामारीमा स्वास्थ्य मापदण्ड अपनाउन लगाए पनि समयमा नै मल आवश्यक पर्ने किसानलाई मल उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । रासस