• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

संसदीय समितिमा भागवण्डा मिलाएर संसद खुलाईयो: रवि लामिछाने (भिडियोसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख तीन दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरे ।

उनले भने, ‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसदको समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरु मिल्ने? मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?’

तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन नपाइने उनको माग छ । उनले संसदीय समितिमा भागवण्डा मिलाएर अहिले संसद खुलाएको आरोप लगाउदै भने, ‘संसदीय समितिको भागवण्डाको कुरा मिलेर भागवण्डा मिलेर संसद सहज भएको सुन्नमा आएको छ, यदि त्यसो हो भने हामी खुशी छौं, राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक हिसाबले प्रमुख प्रतिपक्ष बन्न गयो’ ।