• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

सुन तस्करीबारे गृहमन्त्रीले स्पष्टीकरण दिने भएपछि एमाले संसद अवरोध खोल्न सहमत



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदको अवरोध खोल्न तयार भएको छ ।

सुन तस्करी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्पष्टीकरण दिने भएपछि एमाले बैठक चल्न दिन सहमत भएको हो ।

बालुवाटारमा बसेको सभामुखसहितको तीन दलको शीर्ष नेताहरूको बैठकमा प्रतिनिधिसभाको बैठक चल्ने दिने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए ।

सचेतक बर्तौलाले एमालेले सरकारलाई सहयोग गर्न उच्चस्तरीय छानबिनको माग गरेको र यो एजेण्डा नछाड्ने बताए । ‘सीआईबीको अनुसन्धानले अपराधबारे अनुसन्धान हुन्छ, योभन्दा बाहिर पनि अध्ययन गर्नुपर्नेछ’ उनले भने, “नेपाल तस्करहरुको स्वर्ग किन बन्दैछ ? तस्करको जालो समाप्त पार्न कानुनी, संरचनागत जटिलता के छ भनेर अध्ययन गर्नुपर्नेछ ।’

उनले आजको बैठकमा  गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नभए पुन: सदन अवरोध गर्ने बताए ।